विश्व सुन्दरी प्रतियोगिताको ग्रान्ड फिनाली स्थगित

काठमाडौँ । सन् २०२१ को मिस वर्ल्ड उपाधिका लागि पुएर्तो रिकोमा आज हुन लागेको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को कार्यक्रम स्थगित भएको छ ।
प्रतियोगितामा सहभागी १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कायक्रम स्थगित भएको हो । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि ग्रान्ड फिनाली रोकिएको पुष्टि गरेको छ । मिस वर्ल्ड आयोजकले विज्ञप्ति निकाली सहभागी कर्मचारीहरूमा कोरोना पुष्टि भएपछि चिकित्सकको सल्लाहमा कार्यक्रम स्थगीत गरेको जनाएको छ ।
सुरुमा सातजना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो ।
आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितीमा सुधार भए ९० दिनभित्र कार्यक्रम गर्न सकिने जनाइएको छ । प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नम्रता श्रेष्ठ उत्कृष्ट १० मा पुग्न सफल हुनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्