शिक्षा मन्त्री पौडेलद्वारा विद्यालयको अवलोकन
कास्की । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पोखराका विद्यालयहरूमा सरप्राइज चेकिङ गर्नुभएको छ । विगत केही वर्षदेखि उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको शीतला सामुदायिक विद्यालयमा मन्त्री पौडेलले अवलोकन गर्नुभएको हो ।
विद्यालयको बढ्दो विद्यार्थी सङ्ख्या र आवश्यक भौतिक पूर्वाधार निमार्णमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको विद्यालयका प्रअ बाबुराम अधिकारीले बताउनुभयो ।

नेपालकै नमुना विद्यालयको रुपमा रहेको पोखराको शीतलादेवी सामुदायिक विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कार २०७२ र २०७५ प्राप्त गरेको थियो भने प्रदेश प्रमुख शिक्षा पुरस्कार २०७६ प्राप्त गरेको थियो ।

विद्यालयमा हाल माध्यमिक तहमा एक मात्र सरकारी दरबन्दी छ । ६४ जना कार्यरत विद्यालयमा अधिकांश शिक्षक निजी स्रोतबाट सञ्चालन गर्न निकै अप्ठेरो भएको प्रअ अधिकारीले बताउनुभयो ।
त्यस अवसरमा मन्त्री पौडेलले विद्यालयको विरासत जोगाउनका लागि पूर्ण रुपमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्