तपाईँ सुन्दै हुनुहुन्छः

२ सय ५४ जना कोरोना सङ्क्रमित थपिए, २ सय ३४ सङ्क्रमणमुक्त

फाइल तस्बिर

  

काठमाडौँ । देशभरि आज थप २ सय ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

८ हजार ६ सय ८२ जनाको नमुनाको परीक्षण गर्दा २ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा २ सय ३४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ । 

यस्तै,  कोरोना सङ्क्रमित मध्ये आज एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

देशभरि ५ हजार ८ सय ९० कोरोनाका सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button