तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक हिंसा विरुद्ध सिन्धुपाल्चोकमा सांस्कृतिक कार्यक्रम

सिन्धुपाल्चोक । महिला हिंसा विरुद्ध १६  दिने अभियान अन्तर्गत शनिबार सिन्धुपाल्चोकमा संचेतनात्मक र्‍याली र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जिल्ला सदरमुकाम चौतारामा संचेतनात्क र्‍याली र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी गैरसरकारी सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि स्थानीय सरकारका प्रतिनिधि एवम् सर्वसाधारणको सहभागिता रहेको र्‍यालीले चौतारा बजारको परिक्रमा गरेका थिए । 

“घरबाट सुरु गरौँ, महिला हिंसाको अन्त्य गरौँ”, “कुरा हैन काममा जुटौँ, महिला हिंसाको अन्त्य गरौँ” लगायतका नारासहित सुरु भएको र्‍यालीपछि चौतारा टुँडिखेलमा भएको संचेतनात्मक सांस्कृतिक कार्यक्रममा कलाकार प्रतिमा आचार्य, प्रदीप रोक्का, सावित्री नेपाल, बलबहादुर वाइबा, दीपक आर्चाय र लेखनाथ आर्चायले संचेतनात्मक गीत सङ्गीत प्रस्तुत गर्नुभएको थियो । 

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको दिनबाट प्रहरीले जिल्लामा विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै आएको छ । 

लैङ्गिक हिंसा विरुद्ध प्रभात फेरी, सरोकारवालाहरुबीच अन्तरक्रिया, समुदाय र विद्यालय स्तरमा प्रशिक्षण, लैङ्गिक हिंसा विरुद्धका भिडियो प्रदर्शनी लगायतका संचेतनात्क कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button