बस दुर्घटना हुँदा २ जनाको मृत्यु
अछाम । अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम यातायात प्रालिको ना. ६ ख. ८२९ नम्बरको बस मङ्गलसेन ४ कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये एक जना मङ्गलसेन–१ कुन्तीका अन्दाजी १८ वर्षका एकेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय मिलेर घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल र वयालपाटा अस्पतालमा पठाइएको प्रहरी निरीक्षक गङ्गादत्त बडूले जानकारी दिनुभयो ।
बस सडकबाट करिब २० मिटर तल खसेको र उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशङ्का गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्