झापामा प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनसीप हुने

भद्रपुर, झापा । झापामा १ नं प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनसीप हुने भएको छ ।
बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेशस्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ च्याम्पियनसीपको तयारी गरिएको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजीमाथि तौल समूहको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने र प्रतियोगिताका ओभरल च्याम्पियनले तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, फस्ट र सेकेन्ड रनरपले दुई लाख र एक लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका संयोजक राम दाहालले जानकारी दिनुभयो ।
खेलको माध्यमबाट स्वस्थ रहन र बडी बिल्डिङप्रति आकर्षण बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिनुभयो ।
महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेताले यो प्रतियोगितामा भाग लिन नपाउने नयम रहको अध्यक्ष मैनालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्