तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
बारा । बाराको निजगढमा तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
आयोजकले पत्रकार सम्मेलन गरी मङ्सिरको १० र ११ गते हुन गइरहेको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको विषयमा जानकारी दिएको हो ।
निजगढ तेक्वान्दो डोजाङ्गको आयोजनामा हुने तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सात प्रदेश र विभागीय टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि आर्थिक लगायत सबै तयारी तीव्र पारिएको डोजाङ्ग प्रमुख वसन्त लामा तामाङ्गले बताउनुभयो । प्रतियोगिताका लागि ९ लाख १६ हजार २ सय रुपैयाँको खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताका विजेता प्रथम टोलीले मेडल, ट्रफी, मायाको चिनो तथा प्रमाणपत्र सहित ८१ हजार रुपैयाँ पाउने छन् भने दोस्रोले ४१ हजार र तेस्रो टिमले २१ हजार पुरस्कार पाउने छन् ।
प्रतियोगितामा खेलाडीसहित १ सय ४० जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ तेक्वान्दो कभर्ड हलमा प्रतियोगिताको आयोजना गर्न लागिएको निजगढ तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरु प्रसाद गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्