तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा जङ्गली जनावर बँदेल मृत फेला

अछाम । अछाममा जङ्गली जनावर बँदेल मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ टाटे खोला भन्ने स्थानमा जङ्गली भाले बँदेल मृत अवस्थामा फेला परेको हो । 

करिब ६ फिट लामो बँदेलको तौल अन्दाजी १५० किलोग्राम रहेको डिभिजन वन कार्यालय अछामका प्रमुख भोजराज शर्माले जानकारी दिनुभयो ।

बँदेलको शरीरका विभिन्न अङ्गहरूमा धेरै चोटपटक देखिएको छ । कसैले शिकार गरी मारेको हो वा अन्य जङ्गली जनावरसँगको आक्रमणमा परी मरेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ ।

बँदेललाई साँफेबगरबाट पोष्टमार्टमका लागि जिल्ला डिभिजन वन कार्यालय मङ्गलसेनमा ल्याई पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम पश्चात् बँदेललाई खाडल खनी पुरिएको छ ।

स्थानीय तहका जनप्रतिनिधि, पत्रकार तथा सरकारी कार्यालयका प्रतिनिधिहरूको रोहोवरमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मङ्गलसेन अछामको सहयोगमा पोष्टमार्टम गरी कार्यालय परिसरमा खाल्डो खनी नुन तथा विषादी राखी पुर्ने काम गरिएको डिभिजन वन कार्यालय मङ्गलसेनका डिभिजन वन अधिकृत शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button