तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान बस दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

सल्यान । सल्यानमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।  

सल्यान दुलधाराबाट दाङ तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज दुर्घटना भएको हो ।

No description available.

मृत्यु हुनेमा दुई जना पुरुष र १० जना महिला (बालिकाहरूसहित)रहेका छन् । 

दुर्घटनामा मृत्यु भएका १२ जना मध्ये दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी अन्दाजी ६४ वर्षकी इन्दिरा अधिकारी र ठेगाना खुल्न नसकेकी अन्दाजी ७४ बर्षिया कलावती बुढाथोकीको सनाखत भएको र अन्यको सनाखत गर्ने काम भइरहेको प्रहरीलाई उद्धृत गर्दै दुर्घटना स्थलबाट रेडियो नेपालका सम्वाददाता दिपक शर्माले जानकारी दिनुभयो ।

No description available.

बसमा ३५ यात्रु सवार रहेको र बसमा सवार सबै यात्रु घाइते भएको प्रहरीले जनाइएको छ ।

सम्बन्धित समाचार :

सल्यानमा बस दुर्घटना, ६ जनाको मृत्यु, ३१ घाइते, ५ को अवस्था गम्भीर

सल्यानमा बस दुर्घटना, चार जनाको मृत्यु, धेरै हताहत भएको आशङ्का

प्रतिक्रिया राख्नुहोस्

Back to top button