किसानलाई अनुदानमा आलुको बिउ वितरण

तनहुँ ।कृषि पेशा गर्न चाहानेहरुलाई तनहुँको बन्दिपुर गाउँपालिकाले अनुदानमा आलुको बिउँ वितरण गरेको छ ।
यहाँका विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिउँ वितरण गरेको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले किसानहरूलाई नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एमएस ४२ निलो र गजुरी रातो उन्नत जातका आलुको बीउ वितरण गरिएको जनाएको छ ।विभिन्न व्यावसायिक संस्थामा आबद्ध कृषकलाई पाँच हजार ३०० र समूह र सहकारीमा आबद्ध भएका किसानलाई चार हजार किलोग्राम आलुको बीउ वितरण गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्