विमानस्थलको काम छिटो सम्पन्न गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको काम यथा सक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल समाजवादी इन्जिनियरिङ एशोसियशनको आज काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय भेलामा अध्यक्ष नेपालले छिटोभन्दा छिटो फास्ट ट्र्याकको काम सम्पन्न गर्ने र एक वर्षभित्र विमानस्थल निर्माणको काम सम्पन्न हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक आधारहरूसँगै निर्माण कार्यमा पर्यावरण र जनतालाई दिनुपर्ने सुविधा सबैको समष्टिगत अध्ययन गर्दै इन्जिनियरिङहरूलाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्