प्रदेश १ मा राईको नेतृत्वमा सरकार बन्छ: सञ्चार मन्त्री कार्की
सुनसरी । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारको निर्णय अनुसार प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–८ मा कार्यालय भवनको उद्घाटन गर्नुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले केही समयअघिको ठूलो वर्षाबाट पीडित किसानलाई तत्कालै राहत उपलब्ध गराउने घोषणा सरकारले गरिसकेको तथा वैशाखभित्र सम्पूर्ण नेपालीहरूलाई कोरोना खोप लगाइसक्ने बताउनुभयो ।

काँग्रेस नेतृत्वको गठबन्धन सरकारले मुलुकमा दिगो विकास, स्थिरता, जनताको चाहना र अपेक्षालाई पुरा गर्ने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्