तपाईँ सुन्दै हुनुहुन्छः

पदीय जिम्मेवारी पुरा गर्न प्रण गरिरहेको छु: सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनुभएको छ । 

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले पदलाई न्याय गर्नुपर्छ भनेर प्रण गरेर आफु लागिरहेको बताउनुभयो । 

कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन समेत गर्ने मुख्य जिम्मेवारी रहेको संसद्को कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै सभामुख सापकोटाले  त्यसलाई पूरा गर्नका लागि सबैलाई एकताबद्ध हुन आह्वान समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button