२३ लाख नेपाली नोट सहित एक युवक पक्राउ

कपिलवस्तु । जिल्लाको कृष्णनगर प्रहरीले २३ लाख नेपाली नोट सहित १ युवक पक्राऊ परेका छन् । प्रहरीका अनुसार स्रोत नखुलेको नेपाली रुपैयाँ कृष्णनगर नगरपालिका २ बसपार्कबाट बरामद गरिएको हो ।
आइतबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय कृष्ण नगरका प्रहरी निरीक्षक शुकदेव पौडेलसहितको टोलीले बसपार्कमा घुमी रहेको मान्छे माथि शङ्का लागि चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको कालो झोला भित्र २२ लाख ९१ हजार ८ सय नेपाली रुपैयाँ भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पैसाको स्रोत नखुलेको बुद्धभुमी नगरपालिका वडा नं. ९ धमौली बस्ने बर्ष २२ को जीवन प्रसाद भुषालले बोकेको एक हजारको २० गड्डी, पाँच सयको ६ गड्डि र एक सयको ३ नोट सहित भुषाललाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात् राजश्व अनुसन्धान विभाग बुटवलमा पठाइएको प्रहरीले जानकारी गराएको छ।








प्रतिक्रिया राख्नुहोस्