तपाईँ सुन्दै हुनुहुन्छः

२ किलो गाँजा सहित दुई युवक पक्राउ

कास्की। कास्की प्रहरीले ठुलो मात्रामा अवैध लागू औषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ३० स्थित पावर हाउसमा सवारीसाधन चेक जाँच गर्ने क्रममा २४ सय १० ग्राम अवैध गाँजासहित इलाम रोङ (६ स्थायी घर भई पोखरा १६ लामाचौर बस्ने २३ वर्षीय निरोज प्रधान र पाल्पा माछा गढी गाउँपालिका (१ घर भई पोखरा (८ नागढुंगा बस्ने २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेका कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक किलो १५२ ग्राम गाँजासहित प्रधान शुक्रवार पक्राउ परेका हुन । त्यसै गरी मगर एक किलो २५८ ग्राम गाँजासहित शनिबार पक्राउ परेका हुन् ।लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट प्रधानलाई आठ दिन तथा मगरलाई बाह्र दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता सुवास  हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button