तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज । सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगन्जले चालू आर्थिक वर्ष २०७८÷०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले गत साउन र भदौमा राजस्व सङ्कलन लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई आठ अर्ब ५५ करोड ८१ लाख राजस्व सङ्कलन भएको जनाएको छ । 

यस अवधिमा सात अर्ब सात करोड ५३ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य कार्यालयले लिएको थियो ।

लामो समयको कोभिड–१९ को असहज अवस्था बिस्तारै सुधार हुँदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिनुभयो । 

यस अवधिमा पैठारीतर्फ तीन अर्ब ९० करोड ८२ लाख ९६ हजार र मूल्य अभिवृद्धि करतर्फ तीन अर्ब ९८ करोड ७६ लाख ८५ हजार ६७१ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button