तपाईँ सुन्दै हुनुहुन्छः

आज मुलुकका अधिकांश क्षेत्रको मौसम सफा रहने, केही क्षेत्रमा पानी पर्ने

काठमाडौं । आज बिहीबार मुलुकका अधिकांश क्षेत्रको मौसम सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ । काठमाडौं उपत्यकामा बुधबार राति वर्षा भए पनि बिहान घाम लागेको छ ।

शुक्रबार पनि केही स्थानमा मात्र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शनिबार राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम विश्लेषण 

हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

हाल मौसमको अवस्था 

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन ७ गते (बिहीबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ८ गते (शुक्रबार)

दिउँसोदेशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ९ गते (शनिबार)

दिउँसोदेशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button