तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले एक हप्तामा पूर्णता पाउछः अध्यक्ष नेपाल

कास्की । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले यसै हप्ता सरकामा जाने बताउनुभएको छ । 

कास्कीमा  पार्टी कार्यालयको उद्घाटन गर्नुहुँदै उहाँले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली समेत पठाइसकेको बताउनुभयो । 

संविधान दिवसको उपलक्ष्यमा ‘लोकतन्त्र एवं संविधान रक्षाको निम्ति पार्टीको भूमिका’ विषयक अन्तर्क्रियामा अध्यक्ष नेपालले देशमा संविधानको पालनाको लागि सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

सभ्य पार्टी निर्माणमा लाग्न उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button