तपाईँ सुन्दै हुनुहुन्छः

बेलायती मन्त्रीमण्डलमा हेरफेर, विदेशमन्त्री राब न्यायमन्त्री बन्ने सम्भावना

प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गर्नुहुने भएको छ ।

नयाँ मन्त्री मण्डलमा विदेश मन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ ।

यद्यपि राब न्यायमन्त्री बन्ने र उपप्रधानमन्त्रीको भूमिका पनि निर्वाह गर्ने बताइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार अफगानिस्तानबाट बेलायतको बहिर्गमन र काबुल तालिबानको कब्जामा गएको केही घण्टापछिसम्म छुट्टीमा रहने निर्णय लिएका राब प्रधानमन्त्रीको निशानामा पर्नुभएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button