तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज भेण्टिलेटरमा उपचाररत कञ्चनपुरका कोरोना सङ्क्रमित ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । 

यसै गरी आज सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हाल अस्पतालमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button