खोला किनारमा आमा–छोराको शव फेला
भद्रपुर, झापा । झापाको विरिङ खोलाको किनारमा एकै परिवारका दुई जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका–७ विरिङ खोलामा आइतबार बिहान आमा र दिउँसो छोरोका शव फेला परेको हो ।
मोरङ सुनवर्षी नगरपालिकाकी ३८ वर्षीया उमा विक र उनको अढाई वर्षीय छोरा शिशिरको शव फेला परेको प्रहरीले जनाएको छ ।
श्रीमान् दिलीप लोहारको मृत्युपछि उनी बच्चासहित कनकाई नपामा–८ मा रहेको माइती घरमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी शनिवार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट सुटुक्क हिँडेकी थिइन् ।
विरिङ खोला किनारमा मान्छेको शव देखिएको जानकारी पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले आमा छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला पारेको डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्