तपाईँ सुन्दै हुनुहुन्छः

मालपोतमा आलोपालो हट्यो

सिन्धुपाल्चोक । मालपोत कार्यालय सिन्धुपाल्चोकले आलोपालो प्रणाली हटाएको छ । कोरोना महामारीको कारण भिडभाड कम गर्न कार्यालयले लागू गरेको आलोपालो प्रणाली कोरोना महामारी कम भएको भन्दै हटाइएको हो ।

प्रमुख मालपोत अधिकृत चण्डीप्रसाद कोइरालाद्वारा हिजो जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ । कार्यालयले यसअघि स्थानीय तहहरूको लागि हप्ताको दुई दिन छुट्टाएको थियो । कोरोना महामारी कम हुँदै गएपछि मालपोतले आजबाट भौतिक दुरी कायम गरी, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सबै स्थानीय तहको लागि आलोपालो प्रणाली हटाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button