ब्लक उद्योगमा मेसिनको फित्तामा बेरिएर एक मजदुरको मृत्यु
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित साँखरमा रहेको एक ब्लक उद्योगमा मेसिनको फित्तामा बेरिएर कामदारको मृत्यु भएको छ ।
काम गर्ने क्रममा फित्तामा बेरिँदा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खड्काका अनुसार बुधवार बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा चौधरीको शव फेला परेको थियो ।
स्थानीयले मेसिनको फित्तामा बेरिएको फेला पारेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खड्काका अनुसार मृतक चौधारी मेसिनमा एक्लै काम गर्दै आइरहेका थिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्