हत्या आरोपमा ३ जना पक्राउ
बागलुङ । पश्चिम बागलुङको ढोरपाटनमा ५१ वर्षीय पुरुषको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
ढोरपाटन नगरपालिका– ९ भूजीमा छविलाल विश्वकर्माको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेपछि दुई पुरुष र एक महिला पक्राउ परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । गत भाद्र २ गते रातिदेखि सम्पर्क विहीन रहेका विकको मङ्गलवार मात्र शव फेला परेको थियो ।
प्रहरीको नियन्त्रणमा रहेका तीन जनाले प्रारम्भिक बयानमा पारिवारिक रिसिबीका कारण विकको हत्या गरेको बताएका छन् । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ ।
मृतक विकको पोस्टमार्टम समेत भइसकेको छ । घटनाको थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने वन्तको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्