तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार गिरीको ‘चक्रधूम’ बजारमा आउँदै

पोखरा । पोखराका लेखक रेशम गिरीको उपन्यास ‘चक्रधूम’ बजारमा आउने भएको छ । ‘चक्र धूम’ परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथामा आधारित सामाजिक विषय वस्तुको उपन्यास भएको लेखक गिरी बताउनुहुन्छ । 

समाजमा असुरक्षित नारीहरूका समस्यालाई प्रस्तुत गरेको उपन्यासमा बच्चादेखि वृद्धासम्मले भोग्नुपरेको त्रासदीपूर्ण अवस्थाको चित्रण  गरिएको छ । उपन्यास बारेमा गिरी भन्नु हुन्छ “उपन्यासमा समाजमा अन्याय सहेर बस्न विवश नारीहरूका पीडा र अपराधीका चलाखीपूर्ण व्यवहारले आहत मनमा परेको गहिरो घाउको वर्णन गरिएको छ ।

गिरीको यो  पहिलो उपन्यास हो । बिएन पुस्तक संसार काठमाण्डौबाट प्रकाशन गर्न लागिएको उपन्यासको आवरण सार्वजनिक गरेको छ ।  उपन्यास प्रकाशनको सम्पूर्ण तयारी पुरा भएको लेखक गिरीले बताउनुभयो । आगामी दशैं अगावै उपन्यास बजारमा पठाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । ‘उपन्यास तयार भएको छ,  दशैं अगावै पाठकको हातमा पु¥याउने तयारी छ’ गिरीले भन्नुभयो ।

  विवेकले धैर्य गुमाए पछि ‘चक्र धूम’
उपन्यासमा अपराधीहरूको चलखेल, कानुनका छिद्रको प्रयोगद्वारा पाइने सफाइ र पीडितहरू पीडकबाट झनै असुरक्षित रहनुपर्ने सामाजिक बाध्यतालाई मैले देखाउन खोजेको छु ।

आफू निर्दोष हुँदाहुँदै पनि सजाय पाउनुको पीडामा छटपटिएको उपन्यासको प्रमुख पात्र विवेकले धैर्य गुमाएको मात्र छैन बदलाभावका साथ साँच्चिकै अपराधी बन्ने कुण्ठा पालेर बसेको जेलको संसार नै अभ्यस्त र प्रिय बन्ने कुराहरूको बारेमा उपन्यासमा रहेको गिरी  बताउनु हुन्छ ।

 सङ्गत र दृष्टिकोणका कारण कैदीका आत्मीय कैदी नै हुने तथा जेलमुक्त भएपछि पनि जेलको संसार नै अभ्यस्त र प्रिय बन्ने कुराको उद्घाटन सम्बन्धित पेसा र सामाजिक अध्ययनका आधारमा लेखकले गर्नुभएको छ । यो उपन्यासको सकारात्मक पक्ष हो । प्रकाशक बिसीले भन्नुभयो ।उपन्यास भरी अचाक्लीसाथ सिमा नागेर गरिएका ज्यादतीपूर्ण कार्यहरूका घटनाहरू छन् त्यसैले यसको नाम चक्र धूम राखिएको हो । ‘संविधान’ मुक्तक सङ्ग्रह उहाँको पहिलो प्रकाशित साहित्यिक कृति रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button