बँदेलको मासु सहित एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको लालझाडीबाट बँदेलको मासुसहित एक जना पक्राउ परेका छन् ।
लालझाडी सब डिभिजन बन कार्यालयका रेन्जर करुणाकर अवस्थीको नेतृत्वमा विशेष सूचनाको आधारमा खटिएको गस्ती टोलीले गए राती साढे एघार बजेको समयमा लालझाडी बन क्षेत्रबाटै बँदेल मार्न प्रयोग गरिएको २ थान जाल र बँदेलको डेढ किलोग्राम मासुसहित लालझाडी गाउँपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षीय राम साहेब रानालाई पक्राउ गरेको हो ।
पक्राउ परेका रानामाथि थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्