तपाईँ सुन्दै हुनुहुन्छः

जिसस महासङ्घ बागमती प्रदेशद्वारा मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) महासङ्घ बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 


महासङ्घका अध्यक्ष रघुनाथ खुलालको नेतृत्वको टोलीले मङ्गलवार मुख्यमन्त्री डोरमणि पौडेललाई भेटेर जिससको प्रभावकारी सञ्चालन र परिचालनका लागि ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । 


जिल्ला समन्वय समितिहरुको मौजुदा संवैधानिक कानुनी र संरचनागत व्यवस्थाहरू अपर्याप्त भएका कारण जिससको वर्तमान भूमिका निस्प्रभावी देखिएको निचोड निकाल्दै जिससको प्रभावकारी सञ्चालन र परिचालनका लागि ११ बुँदे ध्यानाकर्षण बुझाएको हो । 


महासङ्घको गत साउन १८ गते बसेको बैठकले जिससको भूमिका प्रभावकारी बनाउन नीतिगत र संरचनागत सुधारका लागि ११ बुँदे सुझाव पारित गरेको थियो । सोही सुझाव आज महासङ्घका अध्यक्षलगायतको टोलीले मुख्यमन्त्री पौडेललाई बुझाएको हो । 


महासङ्घले जिससको प्रभावकारी सञ्चालन र परिचालनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा संशोधन गरी जिल्ला समन्वय समितिको सञ्चित कोष खडा गरी सोही कोषबाट बजेट विनियोजन गर्ने, अख्तियारी प्राप्त गर्ने अधिकार सहितको कानुनी व्यवस्था हुनु पर्ने, मौज्दात कोष सञ्चालन सम्बन्धी कार्यविधि र त्यसले निर्माण गरेको कोष खारेज गरी कोषको रकम जिसस सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था हुनु पर्ने जनाएको छ । 


ध्यानाकर्षण पत्र बुझ्नुहुँदै मुख्यमन्त्री पौडेलले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकारका तर्फबाट जिल्ला समन्वय समितिलाई गर्नुपर्ने बसै प्रकारका सहजीकरण हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button