तपाईँ सुन्दै हुनुहुन्छः

बाढीको वितण्डा रोक्न कामना गर्दै महायज्ञ

सिन्धुपाल्चोक । असार १, साउन १७ तथा त्यसपछिको बाढी र पहिरोले क्षति पुर्‍याएपछि थप क्षति नहोस् भन्ने  कामनासहित सिन्धुपाल्चोकको इच्छेश्वर महादेवको मन्दिर संरक्षण समितिले इच्छेश्वर महादेवको मन्दिर हेलम्बु ६, पिपलचौर र नदी तटमा महायज्ञ लगाएको छ । महायज्ञ भोलि सम्म चल्ने छ ।


दुई दिनको विशेष पूजा आयोजना गरेको समितिले २० जना आचार्य गुरुहरूद्वारा लघु रुद्री, चतुर्वेदका प्रत्येक मन्त्रद्वारा होम गरिने आचार्य नवराज भट्टराईले बताउनुभयो ।


बाढीको वितण्डा अझै नरोकिएको र विश्व शान्तिको कामनाका लागि हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा पूजा गरिएको उहाँले बताउनुभयो । देवी देवता रिसाएका कारण यसो भएको हुनसक्ने र पूजा लगाएपछि केही कम हुने स्थानीयको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button