धनकुटामा ‘तपाईँको मास्क खोइ?’ अभियान सञ्चालन

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को तेस्रो लहर आउन सक्ने कुरालाई मध्यनजर राख्दै “तपाईँको मास्क खोइ ?” अभियान सञ्चालन गरेको छ ।
‘तपाईँको मास्क खोइ?’ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकामस्थित बजार क्षेत्रहरूमा प्रचार प्रसार माइकिङसहित मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारणहरूलाई १ हजार ५ सय थान मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

त्यस्तै गरी जिल्ला कार्यालय मातहतका इकाईहरूले पनि अभियान सञ्चालन गर्दै आ–आफ्नो क्षेत्रमा मास्क नलगाई हिँडडुल गर्ने मानिसहरूलाई ३ हजार थान मास्क उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्