खाजा खर्च कटाएर ३२ दलित परिवारलाई राहत वितरण

बीरगंज । वीरगन्जका एक व्यवसायीको पहलमा जिरा भवानी गाउँपालिका वडा नं २ सेढवाका दलित समुदायका ३२ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
सामाजिक अभियन्ता प्रकाश थारुलाई आफ्नो नाम उल्लेख नगर्ने शर्तमा वीरगन्जका एक दम्पतीले आफ्नो चिया नास्ताको रकम कटौती गरी ३२ चमार समुदायका दलित परिवारलाई राहत उपलब्ध गराएका थिए ।
प्राप्त राहतलाई आज एक कार्यक्रमका बिच वितरण गरिएको थारुले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण दुई वर्षमा पटक पटक जारी लकडाउन तथा निषेधाज्ञाका कारण काम काज गर्न नपाएका तथा दैनिक जीवन यापन गर्न समस्यामा परेका परिवारलाई प्रति परिवार २५ किलोको एक/एक बोरा चामल, एक प्याकेट नुन, एक किलो दाल तथा एक बोतल, खाने तेल वितरण गरिएका सामाजिक अभियन्ता प्रकाश थारुले बताउनुभयो ।
कार्यालयमा शस्त्र बोर्डर आउट पोस्ट जिरा भवानीका सशस्त्र प्रहरी निरीक्षक केदार राई, अर्जुन चौधरी, ब्रह्मानन्द चौधरी लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्