तपाईँ सुन्दै हुनुहुन्छः

जुवा खेलेको अभियोगमा पुल हाउसका सञ्चालकसहित १० जना पक्राउ

भक्तपुर । पुल हाउसमा जुवा खेलिरहेको अभियोगमा भक्तपुरको भेलुखेलस्थित एनएस स्नुकरस् पुल हाउसका सञ्चालकसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई पुल हाउसमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक बासु खरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुल हाउसका सञ्चालक भक्तपुर नगरपालिका ७ भेलुखेल बस्ने २९ वर्षीय सुजित देउला, ३६ वर्षीय सरज देउला र उत्तम देउला, ३३ वर्षीय सुनिल देउला, ५६ वर्षीय पूर्ण भगत, ४८ वर्षीय शङ्कर पोडे, ४१ वर्षीय बासुलाल पोडे, २५ वर्षीय विक्रम अवाल, सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक बस्ने २४ वर्षीय धिरेन कुरुन्जु र काभ्रे बेथानचोक गाउँपालिका–५, कामीडाँडा घर भई हाल सूर्यविनायक–८, आदर्श बस्ने २९ वर्षीय दिनेश लामा छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ८९ हजार आठ सय पचास, तास, पुलको बल १६ थान, स्टिक एक थान, पुल चक एक थान, र पुलको बल मिलाउने काठको त्रिभुज आकारको फ्रेम एक थान बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी आवश्यक कानुनी कारबाही भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button