मेलम्ची नगरपालिकाद्वारा बाढी प्रभावितहरूलाई रकम प्रदान

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले बाढी प्रभावितहरूलाई राहत स्वरूप बैङ्कमा रकम जम्मा गरिदिएको छ । बाढीबाट प्रभावित भएकाहरूको क्षतिको वर्गीकरण अनुसार २५, २०, १५ र १० हजार रकम जम्मा गरिदिएको हो ।
अहिलेसम्म ३ सय ११ जनाको खातामा रकम जम्मा गरिदिएको मेलम्ची नगरपालिकाबाट जानकारी प्राप्त भएको छ । नगरपालिकाले २ सय ८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३ सय ११ जनाको खातामा रकम जम्मा भएको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो ।
मेलम्चीमा रहेका नेपाल बैङ्क, कुमारी बैङ्क, सिभिल बैङ्क, कृषि विकास बैङ्क, लक्ष्मी बैङ्क, सिन्धु विकास बैङ्कका साथै अन्य बैङ्कमा प्रभावितको रकम जम्मा गरिदिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्