जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

भैरहवा । रुपन्देही जिल्लाको सम्ममरिमाइ गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
सम्मरिमाइ गाउँपालिकाबाट अध्यक्ष शुक्लालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख मनोज केसीले बताउनुभयो ।
अध्यक्ष शुक्लालाई गाउँपालिकाको आसपास बाट जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्