भ्रष्टाचारविरुद्ध युवाहरूद्वारा ज्ञापनपत्र प्रस्तुत
वीरगन्ज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकामा विभिन्न शीर्षकमा गाउँपालिका सञ्चालनमा भएदेखि गत आर्थिक वर्षमा भएको भ्रष्टाचार उजागर गर्न बुधवार गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।
पकाहामैनपुर युवा सञ्जालको अगुवाइमा बिहान निस्केको दबाब र सचेतमुलक मोटरसाइकल र्याली पछि विभिन्न माग सहित १५ बुँदे ज्ञापनपत्र बुझाइएको हो ।
पकाहा मैनपुर चौकबाट सुरु भएको दबाब स्वरूप मोटरसाइकल रयाली गाउँपालिका भरी नै घुमाएर गाउँपालिका अध्यक्ष विजय चौरसीयालाई ज्ञापनपत्र बुझाइएको पकाहामैनपुर युवा सञ्जालका अकलेश साहले बताए ।

बिहान ११ बजे गाउँपालिका अध्यक्ष चौरसीयालाई ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्षकै निकट ठेकदार, कार्यालय सहयोगी र टोले गुन्डा व्यक्तिले ज्ञापनपत्र बुझाउन गएको टोली सँग गाली गलोज गरी झडप पनि गरेको सञ्जालका राकेश कुशवाहाले बताए ।
गाउँपालिकाका जनप्रतिनिधिले गत आर्थिक वर्षदेखि कर्मचारीको मिलेमतोमा नीतिगत भ्रष्टाचार गरेको तथ्य फेला परेपछि ज्ञापनपत्र मार्फत पालिकाको विकृति उजागर गर्न थालिएको नवल पटेलले बताए ।
ज्ञापनपत्रमा उल्लेखित माग यथाशीघ्र उपलब्ध नगराए चरणबद्ध रुपमा आन्दोलनमा जाने चेतावनी दिइएको उनले बताए ।
यस्तै मधेस आन्दोलनमा सहादत भएका शत्रुघन पटेलकी आमा गाउँपालिकाका उपप्रमुख कुसुम देवी पटेललाई दोसल्ला ओढाएर सम्मान गरिएको अनिल शाहले बताए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा सञ्जालका राजेश सहनी, प्रमोद पटेल, दियनारायण ठाकुर, हरीचन पटेल, विकास सोनी, अनिल पटेल, अम्बिका पटेल, विनय कुशवाहा, सन्दीप सहनी, सिकेन्द्र सहनी, धिरज बर्नवाल, कुनाल पटेल, अक्षय पटेल, विकि दास, सुदर्शन साह लगायतकको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्