तपाईँ सुन्दै हुनुहुन्छः

५० शैयाको रोल्पा अस्पतालले पूर्णता पाएन

रोल्पा । रोल्पाको निर्माणाधीन ५० शैयाको रोल्पा अस्पताल रेउघाले निर्माण सम्पन्न गर्ने मिति नाघेर झन्डै १ वर्ष बित्दा पनि पूर्णता पाउन सकेको छैन ।


१५ शैया रहेको अस्पताललाई स्तरबृद्धी गरेर ५० शैयामा रूपान्तरण गर्ने लक्ष्य राखेर २०७५ साल असोजदेखि नयाँ भवन निर्माण गर्न थालिएको थियो ।


गत वर्षको असोजमा निर्माण सम्पन्न गरेर रोल्पा अस्पताललाई हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता भए पनि ठेकेदारको लापरबाहीले निर्माण नसकिएको बताइएको छ । 


पटक पटक ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना बनाएर समयमा काम सम्पन्न नगर्दा अस्पतालले प्रदान गर्ने सेवा प्रवाहमा कठिनाइ हुँदै आएको छ ।


जयन्ती निर्माण कम्पनीले २९ करोड ५१ लाख २२ हजार रुपैयाँमा रोल्पा अस्पताल निर्माण सम्पन्न गर्ने जिम्मा पाएको थियो भने भवन निर्माण विभागले पटक पटक समय सीमा नाघिसक्दा पनि भवन बनाउनको लागी म्याद थप्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button