तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्न निर्देशन

File Photo

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरूका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 


विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा आज उहाँले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका पुलहरूका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।


यस्तो पुलहरू सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोडयुलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउन समेत निर्देशन दिनुभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं परिषद्का सदस्यसचिव अनिल पोखरेलले जानकारी दिनुभयो ।


मनसुन बाँकी नै रहेको अवस्थामा तीनै तहका सरकार र सबै सुरक्षा निकायको समन्वयमा राहत, उद्धार र खाद्यान्न वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button