तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको छालासहित दुई जना पक्राउ

पाल्पा । पाल्पामा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रिब्दिकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णुबहादुर खत्री र सोही स्थानका ४० वर्षीय रविल मिया रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 


मङ्गलवार दिउँसो रिब्दिकोट गाउँपालिका ५ कुसुम खोलाबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको शरीर तथा झोला खानतलासी गर्दा कालो झोलाभित्र गम्छामा बेरेको अवस्थामा चितुवाको मुखदेखि पुच्छर सम्मको लम्बाई ६ फिट ४ इन्च, छातीको भागको चौडाइ २ फिट १ इन्च भएको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । 


उनीहरूबाट घटनामा प्रयोग गरिएको लु ३७ प ४४४ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुसन्धानको लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button