सिद्धबाबामा स्कार्पियो दुर्घटना हुँदा चार जना घाइते

पाल्पा । पाल्पाको सिद्धबाबामा स्कार्पियो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । तिनाउ गाउँपालिका ३ हेडबक्स नजिकै आज बिहान १० बजे तिर पाल्पाबाट बुटवल जाँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेमा तिनाउ गाउँपालिकाका ३ बस्ने चालक बर्ष ५५ का बाबुराम पाण्डे, बर्ष २६ का विनोद पाण्डे , बर्ष २१ का अमृत पाण्डे रहेका छन् । त्यस्तै नवलपरासी गैँडाकोट नगरपालिका ५ बस्ने बर्ष ३४का गंग बहादुर दराई घाइते भएको प्रहरीले जनाएको छ ।
जिप सडक देखि १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्