तपाईँ सुन्दै हुनुहुन्छः

कचनकवलबाट पाँच लाखको अवैध कपडा बरामद

झापा । चाडपर्व नजिकिएसँगै झापाका सीमा नाकाबाट अवैध रुपमा भन्सार छलेर सरसामान भित्रिन थालेको छ । 


यसै क्रममा सशस्त्र प्रहरीले शनिबार राति करिब ५ लाख १९ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरेको छ ।


सो कपडा कचनकवल गाउँपालिका– ५ स्थित पाठामारी नाकाबाट भन्सार छलेर भित्र्याइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो । 


भन्सार छलेका चार पोका कपडा बनियानीबाट भद्रपुरतर्फ आइरहेको विशेष सूचनाको आधारमा विओपी भद्रपुरका प्रहरी निरीक्षक बिभुराज दाहाल नेतृत्वमा खटिएको टोलीले रंंगियाडाँगाबाट बरामद गरेको हो । बरामद गरिएको कपडाका बोरामा २०७८ थान टी–सर्ट रहेको छ ।


बरामद गरिएको कपडा भद्रपुर भन्सार कार्यालय बुझाइएको डिएसपी भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button