पाँच लाख मूल्यको ब्राउनसुगरसहित दुई महिला पक्राउ

झापा । झापामा लागु औषध ब्राउनसुगरसहित दुई महिला पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले चेकजाँचको क्रममा हिजो शनिबार राति दमक नगरपालिका–१ हिमालीचोक निवासी ३५ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाललाई करिब पाँच लाख मूल्य बराबरको ब्राउनसुगरसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।
उनीहरूलाई सय ग्राम ब्राउनसुगरसहित गौरीगञ्ज–४ को सीमावर्ती कदमगाछीमा भारतबाट नेपाल प्रवेश गर्दै गर्दा पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको एसपी पाण्डेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्