तपाईँ सुन्दै हुनुहुन्छः

सके निःशुल्क नसके शुल्कमा खोप उपलब्ध गराउन व्यवसायीको माग

वीरगञ्ज । जोखिम मोलेर व्यापार गरी मुलुकलाई व्यापार नाफा दिने व्यवसायीहरूलाई खोप दिने व्यवस्था मिलाइदिन जिल्ला नगर उद्योग वाणिज्य संघका केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठले माग गर्नुभएको छ । 


नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं.२ ले वीर गन्जमा शनिवार आयोजना गरेको छैठौ बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै श्रेष्ठले सके सरकारले निःशुल्क नसके व्यवसायीहरू सँग पैसामा पनि उपलब्ध गराइदिन माग गर्नुभयो ।


कोरोना कहरको बिच पहिलो लहरमा रहेर व्यापार गर्ने व्यापारी र उनीहरूका परिवार निकै जोखिममा रहेकोले कोरोनाको खोप आवश्यक रहेको उहाँको जोड थियो । 


बैठकमा प्रदेश २ का उद्योग वाणिज्य संघका जिल्ला अध्यक्षहरूले कम ब्याजदरमा ऋण नपाउने गरिएको, भन्सार, एजेन्ट, सुरक्षा निकाय तथा अनुगमनको नामका व्यापारीमाथि हुने गरेका समस्याबारे ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button