तपाईँ सुन्दै हुनुहुन्छः

पाँच दिनदेखि बालक बेपत्ता

अछाम । अछामका एक बालक पाँच दिन देखि बेपत्ता भएका छन् । जिल्लाको पन्च देवल विनायक नगरपालिका वडा न ३ अधिकारी गाउँ, कृष्ण अधिकारीका छोरा बर्ष १३ का भुवन अधिकारी पाँच दिन देखि बेपत्ता भएका हुन् ।


किताब किन्न भन्दै साउन १९ गते सोमबार बिहान विनायक बजार गएका उनी अझै पनि सम्पर्कमा नआएको बुवा कृष्णले बताउनुभयो । गहुँगोरो वर्ण भएको आधा बाउला भएको कमिज, कालो पाइन्ट  लगाएको अवस्थामा उनी हराएका परिवारले जनाएको छ ।


भुवन विद्यामन्दिर नमुना माध्यमिक विद्यालय विनायकमा कक्षा ६ मा अध्ययनरत रहेका छन् । उहाँको खोजीको लागि दाजु निरञ्जन अधिकारीले सबैलाई आग्रह गर्नुभएको छ ।


साथै कसैले फेला पारेमा मोबाइल नम्बर ९८६५३२९५३४ र ९८२४६३३११० मा सम्पर्क गरिदिन हुन पनि आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button