तपाईँ सुन्दै हुनुहुन्छः

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी,हेलिकप्टरबाट पानी खन्याइँदै

काठमाडौँ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।

राति दुई बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन अहिले हेलिकप्टरबाट पानी खन्याउने काम भइरहेको छ ।

अनेक प्रयासका बाबजुत पनि आगो निभाउने प्रयास सफल भएको छैन ।

औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button