सफाई कर्मचारीलाई कोरोना संक्रमण, फोहोर सङ्कलनमा समस्या

झापा । झापाको दमकमा सफाई कर्मचारीहरूलाई कोरोना संक्रमण फैलिएपछि फोहोर सङ्कलन तथा सफाई अभियान प्रभावित भएको छ ।
नगरपालिकाले सफाइको जिम्मा दिएका निजी कम्पनीका एक दर्जन बढी सफाइ मजदुरलाई संक्रमण पुष्टि भएपछि दैनिक काम प्रभावित बनेको हो ।
नेक्स्ट ईरा इनर्जी प्रालि दमकले नगरपालिकाको साझेदारीमा दैनिक फोहोर मैला सङ्कलन तथा व्यवस्थापन सम्बन्धी काम गर्दै आएको छ ।
बजार सरसफाइमा संलग्न मध्ये १७ जना मजदुर कोरोना संक्रमण भएका कारण होम आईसुलेसनमा बसेपछि नियमित काममा समस्या भएको नेक्स्ट ईरा ईनर्जी प्रालिका अध्यक्ष युवराज घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्