तपाईँ सुन्दै हुनुहुन्छः

झापामा साउन ३२ गतेसम्म निषेधाज्ञा थप

झापा ।  झापामा कोरोना सङ्क्रमणको दर बढेसँगै साउन ३२ गतेसम्म निषेधाज्ञा थपिएको छ ।


जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) संयोजक श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । 


बैठकमा स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायत सरोकारवाला क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।


डीसीसीएमसीले यसअघि १६ गते राति १२ बजेदेखि २३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा अवधिभर अति–आवश्यक सेवाबाहेक अन्य व्यवसाय, पसल, सवारीसाधन बन्द रहने डिसीसीएमसीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button