बिपी प्रतिष्ठानमा ६ बुँदे सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित

सुनसरी । सुनसरीको धरानस्थित बिपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच ६ बुँदे सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै पुगेर स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोलीले बिपी शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिसँग ६ बुँदे सहमति गरेको हो ।
सहमति पत्रमा नेपाल सरकारका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मानबहादुर बस्नेत र देवराज भण्डारी तथा सङ्घर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा. विष्णु पोखरेल र १२ जना सदस्यको हस्ताक्षर छ ।
सरकारलाई मङ्गलवार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐन को दफा ११ (घ)मा व्यवस्था भएअनुरूप ४ जना पदाधिकारीहरूलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने, अब उप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने लगायतका मागहरूमा सहमति भएको छ ।








प्रतिक्रिया राख्नुहोस्