टाँगिया बस्तीबाट ६४ क्यु फिट सालको काठ बरामद

बारा । तामागढी सब डिभिजन बन कार्यालय, बाराले जीतपुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीबाट ६४ क्यु फिट सालको काठ बरामद गरेको छ ।
झाडीमा लुकाएर राखिएको अवस्थामा १० वटा काठको गोलिया बरामद भएको तामागढी सब डिभिजन बन कार्यालयका सहायक बन अधिकृत हरि शंकर साहले जानकारी दिनुभयो ।
उहाँले फुटबल ग्राउन्ड निर्माण गर्ने क्रममा तस्करहरूले काठको गोलिया लुकाएर राखेको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।
बरामद काठको गोलियालाई तामागढी सब डिभिजन बनको कार्यालयमा राखिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।
बरामद काठको विषयमा स्थानीयसँग सोधपुछ कार्य भइरहेको सहायक बन अधिकृत साहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्