तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषधसहित दुई जना पक्राउ

झापा । झापाको बिर्तामोडबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–३ सैनिक मोडबाट लागू औषध ब्राउन सुगरसहित झापा हल्दिबारी गाउँपालिका–१ बस्ने २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका–१० इलामेली टोलका २४ वर्षीय समीर राईलाई आज सोमबार दिउँसो पक्राउ गरिएको हो ।


लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे८प ७३९२ नम्बरको मोटरसाइकल चढी आएका न्यौपानेको साथबाट लागू औषध ब्राउन सुगर १२ ग्राम बरामद भएसँगै मोटरसाइकलमा पछाडि सवार राइलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button