तपाईँ सुन्दै हुनुहुन्छः

झापामा शनिवारदेखि एक साता लकडाउन गर्ने निर्णय

झापा । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय सरकारले धमाधम पालिका सिल गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार १६ गते राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।


जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डीसीसीएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति गरेको हो ।


प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको बैठकले लकडाउनका सन्दर्भमा १३ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button