दुई ब्राउन सुगर कारोबारी नगदसहित पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाको लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी धुलाबारीको संयुक्त टोलीले बिहीबार ३४ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले लाखौँ रुपैयाँ नगदसमेत बरामद गरेको छ ।
प्रहरीले मेचीनगर नगरपालिका वडा नम्बर –९ स्थित लीला बस्तीको लीला चोकमा मे.४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको मोटरसाइकल रोकी लागू औषध ब्राउन सुगर किनबेच गर्दै गरेको अवस्थामा खानतलासी गर्दा मे.४ प ४०९७ नं. को मोटरसाइकलमा सवार मेचीनगर–१ बस्ने २६ वर्षीय सरोज भुजेलले बोकेको कालो झोलाभित्र प्लास्टिकमा पोका बनाइराखेको लागु औषध ब्राउन सुगर ३४ ग्राम र २ लाख ४७ हजार ५ सय नगद बरामद गरेको थियो ।
मे ६ प ३२१३ नं. को मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय निर्मल भुजेल भनिने झलक भुजेल समेतको साथबाट नेपाली ३५ सय नगद समेत फेला परेको छ ।
उनीहरूलाई नियन्त्रणमा लिई इप्रका धुलाबारीमा ल्याएर राखिएको र झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्